१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण ३ बुधबार ०९:४४:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

वसन्त चौधरीको विश्व काव्ययात्रा पुनः सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण ३ बुधबार ०९:४४:००

कवि तथा गीतकार वसन्त चौधरीले प्रणय दिवसका अवसरमा काठमाडौंको मण्डला थिएटरमा एकल कविता वाचन गरेका छन् । ‘लभ इज इन दी इयर’को थिम दिइएको कार्यक्रममा चौधरीले आफ्ना प्रिय दर्शक तथा प्रशंसकलाई एक घन्टासम्म कविता, मुक्तक र गजल सुनाए । सबै रचना प्रेम, प्रेमिका र प्रेमिल सम्बन्धसँग सम्बन्धित थिए । 

कवि चौधरीले आफूले कविताका माध्यमबाट एउटा छुट्टै प्रेममय संसारको रचना गर्न चाहेको बताए । ‘आँसु, हाँसो, सुख–दुःखजस्ता भावनात्मक रहरबाट नै कविता जन्मिन्छ । म चाहन्छु, मेरो कविता नदीको शीतल प्रवाहसरी शान्त होस् । पहराबाट छुटेको छहरासरी गतिमय पनि,’ उनले भने ।

उनले हाल रोकिएको आफ्नो विश्व काव्ययात्राको थालनी चाँडै गरिने उद्घोषसमेत गरे । कार्यक्रममा उनका दुईवटा पुस्तक ‘मेरा गीत’ (गीतहरूको संग्रह) तथा ‘जीवनमन्त्र–२’ (सूक्तिसंग्रह)को सामूहिक लोकार्पणसमेत गरिएको थियो ।