मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २४ आइतबार २०:५८:००
Read Time : < 1 मिनेट
विश्व

हवाई आक्रमणमा पाँच छात्राको मृत्यु, ३४ घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २४ आइतबार २०:५८:००

यमनमा सोमबार भएको हवाई आक्रमणमा पाँच छात्राको मृत्यु भएको छ । उक्त घटनाबारे आएका प्रारम्भिक समाचारमा पाँच छात्राकाे मृत्यु भएको र अन्य ३४ जना घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

राजधानी सानामा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको आक्रमण मेटल वर्कसपमा भए पनि नजिकै रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीको आक्रमणबाट मृत्यु भएको हो । घाइतेमध्ये केही विद्यालयका बालबालिका पनि रहेका स्वास्थ्य अधिकारी तथा प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले जनाए ।

राजधानी सानाको पूर्वी भाग सावान क्षेत्र नजिकै दुई शक्तिशाली विष्फोटक पदार्थ पड्केको आवाज सुनेको लगत्तै धुवाको ठूलो मुस्लो जमिनबाट निकै उचाइसम्म आकासमा निस्केको स्थानीय अलि अहसानले सिन्ह्वा न्यूज एजेन्सीलाई दिएको जानकारी दिए ।

विद्रोही नियन्त्रित स्वास्थ्य मन्त्रालयका प्रवक्ता यूसिफ अल–हाद्रीले घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको पुष्टि गरे ।