मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २४ आइतबार २०:१४:००
Read Time : < 1 मिनेट
खेलकुद

सन्दीप लामिछानेले पूरा गरे टी–२० क्रिकेटमा ५० विकेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २४ आइतबार २०:१४:००

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध एक विकेट लिँदै आफ्नो पचासौँ विकेट लिएका छन् । गुगली बलका लागि चर्चित लामिछानेले मोइन अलीलाई आफ्नो पचासौँ विकेटको सिकार बनाए । 

गत वर्ष आइपिएलमा दिल्ली डेयरडेभिल्सबाट नै उनले टि–२० क्रिकेटमा डेब्यु गरेका थिए । एक वर्षमा उनले अष्ट्रेलियाको विगबास लिग, पाकिस्तान प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, बंग्लादेश प्रिमियर लिग लगायतका प्रतियोगिता खेलिसकेका छन् । यस वर्षमा उनले ४० खेलमा ८६० बल गर्दै ५० विकेट लिएका हुन् । यसक्रममा उनले एक हजार रन खर्चिएका छन् ।