मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस
२०७५ पौष ९ सोमबार १९:०३:००
Read Time : < 1 मिनेट
समाचार

नेपाल पत्रकार महासंघको विधान अधिवेशन फागुनमा 

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष ९ सोमबार १९:०३:००

नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन आगामी फागुन ९ र १० गते पोखरामा हुने भएको छ ।महासंघका सचिव रामप्रसाद दाहालका अनुसार पोखरामा केन्द्रीय साधारणसभा तथा विधान अधिवेशन हुनेछ । भने अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय समिति, गण्डकी प्रदेश समितिका पदाधिकारी, गण्डकी प्रदेशका शाखा अध्यक्षहरु रहेको मूल आयोजक समिति गठन गरिनेछ ।
 
बैठकले विराटनगरमा सम्पन्न प्रदेश अध्यक्ष/महासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले प्रत्यक्ष निर्वाचन प्रणलीमा जाने निर्णय भएको थियो । सो निर्णय पूरा गर्न उपाध्यक्ष विपुल पोखरेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरिएको छ । 

बैठकले श्रमजीवी पत्रकार ऐन र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गराउन सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । महासंघकोले मुलुकी फौजदारी, गोपनीयताको हकसम्बन्धी कानून र विद्युतीय कारोवारसम्बन्धी ऐनमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधान तत्काल संशोधन गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध उपभोग गर्ने कानूनी वातावरण तयार पार्न सरकारसँग माग गरेको छ । 

महासंघले संघ, प्रदेश र स्थानीय तहमा निर्माण भइरहेको समाचारसम्बन्धी कानून प्रेस स्वतन्त्रतालाई कुण्ठित नहुने गरी निर्माण गर्न आह्वान गर्दै सातवटै प्रदेशमा प्रेस स्वतन्त्रता संरक्षण मिसन पठाउने निर्णय गरेको सचिव दाहालले जानकारी दिए ।