१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २८ शनिबार १७:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राज्य संरचनामा नयाँ प्रविधि बुझ्ने मान्छे हुनुपर्छ : सिके राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २८ शनिबार १७:२७:००

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्न सक्ने मान्छे हुनुपर्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले यस्तो धारणा राखेका हुन् ।

राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको विस्तार गर्न सहज हुने उनको बुझाइ छ । उनले राज्यले कुनै पनि प्रकारका प्रविधिहरूको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए ।

‘राज्य संयन्त्रले कुनै पनि प्रविधि एडप्ट गर्दाखेरी पक्कै पनि धेरै कुरा सोच्नुपर्ने हुन्छ । जस्तो कि डाटा सर्भर कहाँ छ ? त्यसमा सुरक्षा नीति के खालको हुनेछ ? सुरक्षा प्रत्याभूति दिन सक्छौँ कि सक्दैनौँ ? र, सबै कुरा फेलरको ब्याकअप कस्तो छ ? पूर्ण रूपमा फेलर भयो भने अनि के गर्ने ? धेरै कुरा सोचेर मात्रै कदम चाल्नुपर्ने हुन्छ,’ उनले भने ।

अध्यक्ष राउतले सूचना र प्रविधिको आजको युगमा किताबमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गरे । विज्ञान, प्रविधिको प्रयोग तथा विस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उनले प्रस्ट पारे ।