मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २५ बुधबार ११:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’मा नगद छुट दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २५ बुधबार ११:१८:००

महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)ले ट्रियो नामक लिथियम–आयोन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलरमा नगद छुट दिने भएको छ । कम्पनीले ट्रियो इलेक्ट्रिक अटो र यारीमा दमक, भैरहवा र नेपालगन्ज गरी तीन ठाउँमा एकैपटक सार्वजनिक गरेसँगै नगद छुट दिने अफर ल्याएको हो । 

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले तीन नयाँ बिक्री केन्द्रसहित नेपालका विभिन्न क्षेत्रका बिर्तामोड, विराटनगर, इटहरी, सिन्धुली, मलंगवा, हेटौँडा, नारायणघाट, बुटवल र सुर्खेतलगायत १२ वटा केन्द्रका महिन्द्रा सोरुमहरूमा ‘नगद छुट र एक्सचेन्ज’ मेलाको घोषणासमेत गरेको जनाइएको छ । जसमा नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रिया र यारी’ खरिद गरेबापत ४० हजार रुपैयाँसम्मको नगद छुट दिने कम्पनीले जनाएको छ । योजना फेब्रुअरी महिनाभरिका लागि लागू हुने उल्लेख छ ।

योजना ग्राहकलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ट्रियो र यारीको प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने प्रयास रहेको कम्पनीको दाबी छ । मेलाबाट पुराना तथा नयाँ ग्राहकले अधिकतम लाभ लिन सक्ने कम्पनीले अपेक्षा गरेको छ । महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत पेट्रोल सवारीसाधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वामित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

ट्रियोमा तीन वर्ष वा ८० हजार किलोमिटर र यारीमा तीन वर्ष वा ४० हजार किलोमिटर वारेन्टी रहेको कम्पनीले जनाएको छ । दुवै थ्री–ह्विलर छिट्टै चार्ज हुने र धेरै समय टिक्ने कम्पनीले जनाएको छ । ट्रियो तीन घन्टा ५० मिनेटमा चार्ज हुने तथा एक सय ३० किलोमिटर गुड्ने र यारी दुई घन्टा ३० मिनेटमा चार्ज हुने र ८५ किलोमिटर गुड्ने कम्पनीको दाबी छ ।