१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २४ मंगलबार १०:०९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘पौरखी नेपाल’लाई मेटलाइफ फाउन्डेसनको ५० हजार डलर सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २४ मंगलबार १०:०९:००

मेटलाइफ फाउन्डेसनले ‘पौरखी नेपाल’ नामक संस्थालाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ । सम्भावित आप्रवासी, विदेशमै अवस्थित आप्रवासी वा विदेशबाट फिर्ता आएका आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक स्थिरता निर्माण गर्न सहयोग गर्ने उद्देश्यले फाउन्डेसनले उक्त सहयोग गर्ने भएको हो । 

फाउन्डेसनले पौरखी नेपालसँग गरेको सम्झौताअन्तर्गतको कार्यक्रमअनुसार पौरखीले यी महिलाहरूको जीविकोपार्जनका लागि आर्थिक क्षमता निर्माण गर्ने प्रयासलाई बलियो बनाउन काम गर्ने उल्लेख छ । यो सहायतामार्फत परियोजनाले उद्यमशीलता, वित्तीय सेवाहरूमा पहुँच, स्थानीय बजारमा बिक्री विकास र सहयोगी शिक्षा प्रदानजस्ता चार महŒवपूर्ण क्षेत्रमा काम गर्ने जनाइएको छ ।

पौरखीले काठमाडौं, चितवन र मकवानपुर जिल्लाका करिब १५ हजार महिलालाई सहयोग पु¥याउन यस अभियानलाई गम्भीरताका साथ सञ्चालन गर्ने उल्लेख गरेको छ । यो परियोजना एमएससी ग्लोबल कन्सल्टिङ नामक बुटिक परामर्शदाता फर्मसँग समन्वय गरिएको जनाइएको छ । उक्त फर्मले विगत २० वर्षदेखि अर्थपूर्ण, आर्थिक, सामाजिक र आर्थिक समावेशी गतिविधिमा काम गरिरहेको उल्लेख छ । 

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले नेपालजस्ता देशका महिला उद्यमीहरूले आफ्नो व्यवसाय स्थापना र व्यवस्थापन गर्दा आर्थिक स्वास्थ्य सुधार गर्न थुप्रै चुनौती सामना गर्नुपरेको बताए । उनले भने, ‘यो कार्यक्रमले यस्ता महिलालाई आफ्नो उद्यम निर्माण गर्न र आफ्नो आम्दानी बढाउन, डिजिटल फुटप्रिन्टहरू सिर्जना गर्न र विभिन्न प्रकारका वित्तीय सेवाहरू पहुँच गर्न सहयोग चाहिन्छ । मेटलाइफ फाउन्डेसनको यो सहयोगले यी महिला उद्यमीहरूलाई दिगो जीवन र थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गरेर उनीहरूको जीवनमा परिवर्तन ल्याउनेछ ।’

मेटलाइफ फाउन्डेसनको महिला नेतृत्व व्यवसायका लागि सहयोगको एक भागका रूपमा फाउन्डेसनले पौरखीजस्तै साझेदारहरूसँग काम गर्न तथा उनीहरूको क्षमता निर्माण गर्न मार्गदर्शन र वित्तीय सेवाहरूको प्रावधानसँग काम गर्दै उनीहरूलाई सम्बन्धित कठिनाइ पार गर्न मद्दत गर्ने जनाइएको छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समतालाई अँगाल्ने विषयको समर्थनमा मेटलाइफ फाउन्डेसनको कार्यक्रमले महिला नेतृत्व व्यवसायका महिलाका लागि भारत, नेपाल र भियतनाममा उनीहरूको वित्तीय स्वास्थ्यमा सुधार गर्दै राम्रो जीवनयापनका अवसर निर्माण गर्ने लक्ष्य राखेको जनाएको छ ।