१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २३ सोमबार १५:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वसभामुख नेम्वाङ भन्छन्– संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु गलत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २३ सोमबार १५:३१:००

एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गर्ने काम सरकारले गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले लोकतान्त्रिक सरकारले अध्यादेशको बाटो जान नमिल्ने तर्क धारणा राखे ।

संसदमा विधेयक ल्याएर कानुन बनाउनुपर्नेमा विगतका सरकारहरूले अध्यादेश ल्याएर गल्ती गरेको नेम्वाङको निष्कर्ष थियो । संसद्लाई छलेर अध्यादेश ल्याउने काम संविधानमा पनि नभएको उल्लेख गर्दै उनले त्यस्तो गर्न नमिल्ने गरी व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

‘तत्काल केही गर्न आवश्यक पर्‍याे भने अध्यादेश ल्याउने व्यवस्था छ । सरकारलाई दिइएको यो राइट नै हो । तर, यो अपवादका लागि हो,’ उनले भने, ‘आज १२ बजेसम्म उसको पार्लियामेन्ट चलिराखेको छ । त्यसलाई बन्द गरेर भोलिपल्ट अध्यादेश ल्याउने होइन । अध्यादेश ल्याउनुपर्ने अवस्था रहेछ, कानुन बनाउनुपर्ने अवस्था रहेछ भने पार्लियामेन्ट १४ दिन लम्ब्याउनुपर्दछ । पार्लियामेन्टमा ल्याउनुपर्छ कानुन ।’

उपाध्यक्ष नेम्वाङले भारतीय संविधान निर्माता अम्बेडकरको भनाइ उद्धृत गर्दै उनले गल्ती, कमीकमजोरीहरू आफूमा राखेर संविधानमा त्रुटि देखाउने काम सरकारले गर्न नहुने प्रस्ट्याए ।