मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका विराटनगर
२०७९ माघ २३ सोमबार ११:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकिङ कसुरका फरार अभियुक्त कारागार चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७९ माघ २३ सोमबार ११:०९:००

बैंकिङ कसुर मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेर कारागार पठाएको छ । प्रदेश  १ प्रहरी कार्यालय विराटनगरको अप्रेसन  टोलीले उच्च अदालत पाटनबाट ४५ लाख जरिवाना र ६ दिन कैद सजाय तोकिएका विराटनगर महानगरपालिका– ५ का ३५ वर्षीय मो. ज्याउर रहमानलाई पक्राउ गरेर सजाय भुक्तानका लागि कारागार पठाएको हो ।

२४ मंसिर ०७८ मा उच्च अदालत पाटनले बैंकिङ कसुरमा ६ दिन कैद र ४५ लाख रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । फरार रहेका रहमान गाउँघरमा लुकिछिपी बस्दै आएका थिए । पक्राउ परेका रहमानलाई  प्रहरीले  मोरङ जिल्ला अदालतको जिम्मा लगाएको र  अदालतले कैद भुक्तानका लागि मोरङ कारागार पठाएको  प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।