१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २२ आइतबार ११:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रविले पत्रकार सम्मेलन गर्ने, भन्छन्– सीधा कुरा नगरेको धेरै भएछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २२ आइतबार ११:१३:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको बैठकपछि  पत्रकार सम्मेलन गर्ने जनाएका छन् ।

आफूले ‘सीधा कुरा’ नगरेको धेरै समय भएको भन्दै उनले आफ्नो पत्रकार सम्मेलन हेर्न र सुन्न आग्रह गरेका छन् । ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज  म विशेष पत्रकार सम्मेलन गर्दै छु,’ उनले लेखेका छन्, ‘म चाहन्छु सिंगाे देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरून्, सुनून् । मैले सीधा कुरा नगरेको धेरै भएछ ।’

रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएको छ । तर, प्रधानमन्त्री प्रचण्डले भने रविको राहदानीको विषय नटुंगिएसम्म स्वार्थ बाझिने मन्त्रालय दिन अस्वीकार गर्दै आएका छन् ।

शनिबार प्रधानमन्त्रीले गृहको साटो भौतिक पूर्वाधार वा अन्य मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक निष्कर्षविहीन टुंगिएको थियो ।