मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ २१ शनिबार १६:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय नागरिकको हत्या अभियोगमा एक दम्पती पक्राउ

Read Time : < 1 मिनेट
२०७९ माघ २१ शनिबार १६:१०:००

जिल्ला प्रहरी कार्यालय गुल्मीले हत्या अभियोगमा एक दम्पतीलाई पक्राउ गरेको छ । भारतको सुगौली पूर्वी चम्पानगर ८ का ४४ वर्षीय शेख आलिनामको हत्या गरेको आरोपमा जिल्लाको सत्यवती गाउँपालिका– १ का ५६ वर्षीय छविलाल अधिकारी र श्रीमती ४८ वर्षीया विष्णु अधिकारीलाई गुल्मी प्रहरीले पक्राउ गरेर शनिबार सार्वजनिक गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अधिकारी दम्पतीले गत माघ १२ गते शेखको हत्या गरेर खोलामा फालेका थिए । शेखले मदिरा सेवन गरेर छविलालकी श्रीमतीलाई यौनजन्य क्रियाकलाप गरेपछि हथौडा प्रहार गरी हत्या गरेर दम्पती मिलेर बोरामा राखेर घरनजिकैको पुलबाट कालीगण्डकी नदीमा फालेको प्रहरीसमक्ष स्वीकार गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

माघ १९ गते रुरु क्षेत्र २ को ढोडेनी बगरमा उत्तानो परेको अवस्थामा शव फेला परेको खबर पाएपछि अनुसन्धानबाट अभियुक्त फेला परेका रानाभाटाले बताए ।

त्यस्तै, बामी घटनाको पनि विभिन्न किसिमबाट अनुसन्धान भइरहेकाले केही दिनमै नतिजा प्राप्त हुने गुल्मी प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलसहितको टोलीले घटना भएको दिनदेखि घटनास्थलमै बसेर अनुसन्धान गरिरहेको छ ।