मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १८:०८:००
Read Time : < 1 मिनेट
समाचार

त्रिदेशीय विद्युत प्रशारण लाइन विस्तारकाे विषयमा छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १८:०८:००

भारतले परिमार्जन गरेको ‘क्रस बोर्डर विद्युत व्यापार निर्देशिका’लाई सरकारले स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले निर्देशिका परिमार्जन गरेर भारत सरकारले नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापार गर्न बाटो खोलिदिएको उल्लेख गर्दै स्वागत गरेका हुन् । सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले त्रिदेशीय छलफलको आधारमा भारतले निर्देशिका परिमार्जन गरेको स्पष्ट पारे ।

भारतले सन् २०१६ मा बनाएको निर्देशिकामा आफूले लगानी गरेको आयोजनाबाट मात्रै विद्युत खरिद गर्ने व्यवस्था गरेको थियो । हालै परिमार्जन गरिएको निर्देशिकामा सो प्रावधान हटाउनु ठुलो उपलब्धि लिएको मन्त्री पुनले बताए ।

मन्त्री पुनले परिमार्जित निर्देशिकामा विद्युत व्यापारका लागि ट्रान्समिसन लाइन नेपाल–भारत–बंगलादेशबीच विस्तार गर्ने योजनालाई सम्बोधन गरेको उल्लेख गरे । त्रिदेशीय विद्युत प्रशारण लाइन विस्तारकाे विषयमा छलफल भइरहेको बताउँदै छिटो टुंगोमा पुर्‍याउने मन्त्री पुनको योजना छ ।