मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २० शुक्रबार ०८:३०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बिरुवा चोरी नगर्न ललितपुर महानगरको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २० शुक्रबार ०८:३०:००

ललितपुर महानगरले हरियालीसहितको स्मार्ट सिटी बनाउन सहरका विभिन्न स्थानमा रोपिएका बोटबिरुवा नउखेल्न र चोरी नगर्न आग्रह गरेको छ । बोटबिरुवा उखेल्ने, काट्ने र चोरी हुन थालेपछि महानरगले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । 

बिरुवा चोरी तथा उखेल्नेलाई सिसिटिभी फुटेज हेरेर कारबाही गरिने महानगरले जनाएको छ । ‘महानगरलाई हरियालीसहितको सहर बनाउने अभियानका क्रममा सडक–किनारमा रोपिएका बिरुवा उखेलेको, काटेको प्रमाणसहितको जानकारी प्राप्त भएको छ,’ महानगरले भनेको छ, ‘त्यस्तै व्यक्ति–संस्थालाई कानुनबमोजिम कडा कारबाही गर्ने व्यहोरा जानकारी गराइन्छ ।’ महानगरले सडक–किनार र सार्वजनिक स्थानमा वृक्षारोपणलाई अभियानकै रूपमा लिएको छ ।