मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ २० शुक्रबार ०७:५९:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ २० शुक्रबार ०७:५९:००

चालू आर्थिक वर्षमा कालोसूचीमा पर्ने ऋणीको संख्या बढेको देखिनुको कारण के होला ?
ऋणीले सावाँब्याज तिर्न नसक्ने वा कर तिर्न नसकेको अवस्थामा कालोसूचीमा राख्ने गरिन्छ । यसमा व्यवसायीको नियत हेर्नु आवश्यक छ । व्यवसायीको नियत खराब भएरै ऋण नतिरेको हो कि ? व्यावसायिक वातावरण खलबलिएर यस्तो समस्या भएको हो ? यो बुझ्नुपर्छ । सबैले थाहा पाएकै विषय हो, देशमा उद्योग व्यवसाय चलाउन सक्ने अवस्था छैन । यस्तोमा व्यवसायीले खराब नियत राख्नेभन्दा पनि बाध्यताले ऋण तिर्न नसकेको हुन सक्छ । सबै ऋणीलाई एउटै तुलोमा राखेर तौलिनु हुँदैन । 

कालोसूची बढ्दै जानुले व्यावसायिक क्षेत्रमा कस्तो सन्देश जान्छ ?
कालोसूचीमा पर्ने व्यवसायीको संख्या बढ्दै जाँदा निजी क्षेत्र आतंकित बनेको छ । बैंकको डरले व्यवसायीले आत्महत्या गर्नेसम्मको अवस्था बनेको छ । निजी क्षेत्र यसरी आतंकित बन्दै जाने हो भने देशमा लगानीयोग्य वातावरण बन्न सक्दैन । निजी क्षेत्रले बैंकलाई ऋण तिर्नकै लागि मात्र उद्योग व्यवसाय गरेको हुँदैन । व्यावसायिक वातावरण बिगार्ने र निजी क्षेत्रलाई तर्साउने कार्यले देशको अर्थतन्त्रका लागि प्रतिकूल पार्छ ।  

यस्तो समस्याको समाधान  कसरी हुन्छ त ?
सर्वप्रथम त व्यवसायी किन कालोसूचीमा परिरहेका छन् ? यस्ता विषयमाथि गम्भीर समीक्षा हुनुपर्छ । सरकारको कमी कमजोरीले कोही कालोसूचीमा परेका छन् भने सरकारले आफ्नो नीति नियम सच्याउनुपर्छ । व्यवसायीले नियतवश गरेका छन् भने कारबाही गर्नुपर्छ । सरकारले निजी क्षेत्रको मनोबल खस्किन दिनु हुँदैन ।