मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ माघ १९ बिहीबार ०७:३८:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ १९ बिहीबार ०७:३८:००

सत्ता गठबन्धनभित्रको पछिल्लो अलमललाई कसरी हेर्नुभएको छ ?
पछिल्लो आमनिर्वाचनपछि पहिलो शक्तिलाई बाहिरै राखेर ताजा जनादेशविपरीत जुन सत्ता गठबन्धन बन्यो त्यो नै अप्राकृतिक घटना थियो । त्यसको दुष्परिणाम एक महिनाभित्रै देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओलीले राप्रपा र रास्वपा जस्ता पार्टीलाई सत्तामा सामेल गराएपछि समस्या त्यहीँबाट सुरु भइसकेको थियो । रवि लामिछाने सत्तामा पुगेर नागरिकता र राहदानीको विवादबाट जोगिन चाहन्थे । अदालतले त्यसमा विराम लगाइदिएको छ । ओलीले रेशम चौधरीलाई मुद्दा फिर्ता लिइदिने आश्वासन दिएका थिए । तर, अहिले विगतका आश्वासनअनुसार काम नहुने संकेत देखेपछि विवाद या अलमल सुरु भएको हो । 

नयाँ राष्ट्रपति कुन दलको हुने भन्ने विषयले गठबन्धनलाई अप्ठ्यारो पारेको हो ?
अघिल्लो पटकको त्रिशंकु संसद्का समयमा सभामुखले पार्टी फुटाउन सहयोगी भूमिका खेलेको देखियो । राष्ट्रपतिको भूमिकामा पनि पटकपटक प्रश्न उठ्यो । उहाँले एउटा प्रधानमन्त्रीले पटकपटक संसद् विघटनको सिफारिस लाँदा तात्तातै स्वीकृत गरिदिनुभयो । अर्को प्रधानमन्त्रीले सार्वभौम संसद्बाट दुई दुईपटक पारित भएको विधेयक लाँदा पनि त्यसमा हस्ताक्षर गर्नुभएन । त्यसैले, अहिले राष्ट्रपतिको विषयले सबै झस्केको हुनाले गठबन्धनमा खटपट देखिएको हुनुपर्छ ।

राष्ट्रपतिको विवादले गठबन्धन भत्किने नै त होइन नि ?
केपी ओलीले आफ्नो उम्मेदवार राष्ट्रपति नबने पनि सरकार छाड्ने अवस्था छैन । राष्ट्रपति नपाए पनि यही गठबन्धन कायम राख्न उनलाई संघदेखि प्रदेशसम्मका मन्त्रीहरूको पनि दबाब छ । त्यसैले, यो गठबन्धन टुट्ला जस्तो लाग्दैन ।