१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
बिष्णु शर्मा
२०७५ चैत २३ शनिबार २१:३९:००
Read Time : < 1 मिनेट
समाचार

असिना पानीले दैलेखको पश्चिम क्षेत्रमा पूर्णरुपमा बाली नष्ट

Read Time : < 1 मिनेट
बिष्णु शर्मा
२०७५ चैत २३ शनिबार २१:३९:००

शुक्रबार राति परेको असिना पानीले दैलेखको पश्चिम क्षेत्रमा लगाएको गहुँबालीसँगै सबै तरकारी बाली नष्ट भएको छ ।

करिब ४० मिनेटसम्म लगातार परेको असिना पानीले गहुँबालीमा धेरै क्षती गरेको छ भने किसानहरुले लगाउन सुरु गरेको बन्दा, सिमि, काउली, लगायत बेमौसमी तरकारीमा पूर्ण क्षती गरेको राकमकर्णालीका मोहन बिकले बताए । 

उत्पादन निकै कम हुने पश्चिमी क्षेत्रमा एक्कासी आएको असिना पानीले बालीनालीको क्षतीपछि खाद्यान्न समस्या हुने देखिएको छ । पश्चिम क्षेत्रका आठवीस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका लगायतका स्थानहरुमा ठूलो क्षती भएको हो ।

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको वडा नं. १ देखी ९ सम्मका सवै भागमा असिना पानीले पूर्ण रुपमा क्षती गरेको छ । नगरपालिकाले क्षतिको बिवरण संकलन सुरु गरेको छ । ५० बर्ष पछि यतीठूलो असिना पानी आएको हो करिब २ फिट सम्म जम्ने गरि असिना पर्दा गहुँको बाली केही बाँकी नरहेको स्थानीय कृषकहरुले बताए । 

नगरपालिकाले बिज्ञप्ति जारी गर्दै सबैलाई धैर्य रहन आग्रह गरेको छ । बिवरण संकलनसँगै सहयोगका लागि बिभिन्न निकायहरुसँग आशा गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।