मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १७ मंगलबार ०६:१४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एलआइसीको हकप्रद सेयर बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १७ मंगलबार ०६:१४:००

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडले जारी गर्न लागेको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । कम्पनीले एक सेयरबराबर शून्य दशमलव ८८ को अनुपातमा सेयर जारी गर्न लागेको हो । 

कम्पनीले साबिकका सेयरधनीलाई प्रतिसेयर एक सय रुपैयाँ दरका दुई करोड ३४ लाख ६८ हजार कित्ता सेयर जारी गर्न लागेको जनाइएको छ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा मर्चेन्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।