मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ १७ मंगलबार ०९:०७:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ १७ मंगलबार ०९:०७:००

नेपाली क्रिकेट किन प्रायः विवादमा परिरहन्छ ? 
नेपाली क्रिकेटमा विवाद देखिनुमा नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वमा पुगेका पदाधिकारी जिम्मेवार हुनुहुन्छ । नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुको साटो जबर्जस्ती अघि बढ्न खोजेपछि असन्तुष्टि बढ्नु स्वाभाविक हो । नेतृत्वमा रहनेहरूले असन्तुष्टिलाई सम्बोधन गरेर सँगसँगै हातेमालो गरेर अघि बढ्न नसकुन्जेल यस्ता विवाद चलिरहन्छन् ।

क्यानभित्र मच्चिने विवादको छाया मैदानमा कति पर्छ ?
निश्चय नै धेरै पर्छ । एउटा पक्षले गरेको सेलेक्सनलाई अर्को पक्षले विरोध गर्छ । यसले मैदानमा उत्रेका खेलाडीमा मानसिक असर पर्छ । क्यानकै विवादका कारण हाम्रा अधिकांश कोचले पूरा कार्यकाल बिताएका छैनन् । अहिले आएका कोचलाई पनि कहिले कोच र कहिले विज्ञ भनिएको छ । यस्तो विवादबिच उनले कस्तो परिणाम देलान् र मैदानमा खेलाडीले कस्तो प्रदर्शन गर्लान् ? विचारणीय छ ।

यस्तो विवादको अन्त्य या न्यूनीकरण सम्भव छ कि छैन ?
पक्कै पनि सम्भव छ । क्यानका जिम्मेवार पदाधिकारीले सबैलाई समेट्ने, सबैका कुरा सुन्ने र राष्ट्रिय क्रिकेटको हितमा निर्णय गर्ने हो भने यस्तो विवाद न्यूनीकरण हुन सक्छ । पदाधिकारीले नेपाली क्रिकेटको विकासमा मात्र ध्यान केन्द्रित गर्नुपर्छ । क्यानभित्रको विवादले हाम्रो क्रिकेटको स्तर खस्किँदै छ । त्यसैले पनि यो विवाद अन्त्य हुनैपर्छ । यसका लागि सबैले आआफ्ना कमी कमजोरी स्विकारेर आफूलाई सच्याउन सक्नुपर्छ ।