१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १६ सोमबार १३:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्रकाे पदाधिकारी बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १६ सोमबार १३:४०:००

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी  कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । एक नेताका अनुसार गृह मन्त्रालयबारे छलफल हुनेछ । यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परे पनि रवि लामिछानेको नेपाली नागरिकताबारे सर्वोच्च अदालतकाे फैसलासँगै उनको सांसद पद गुमेको छ ।

सोसँगै उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारीसमेत गुमाएपछि प्रधानमन्त्रीले गृह मन्त्रालय सम्हालेका छन् ।लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै रास्वपाले पुनः गृह मन्त्रालय दाबी गरिरहेको छ । तर, प्रचण्ड दोहोरो राहदानीको विवाद  समाधानपछि मात्र निर्णय गर्नुपर्ने पक्षमा छन् ।