मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १६ सोमबार ०८:३५:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ १६ सोमबार ०८:३५:००

सरकारका करिब चार सय वेबसाइट एकसाथ डाउन हुनुले के संकेत गर्छ ? 
हामी अहिले प्रारम्भिक अनुसन्धानमै छौँ । अहिले नै विस्तृत रूपमा भन्न सकिने अवस्था छैन । यो अवस्था डिडस (डिस्ट्रब्युटेड डिनाइल अफ सर्भिस)का कारण आएको हुन सक्छ । यसमा कसैको साइबर क्षेत्रको ‘सर्भिस’ डाउन गराउन एकसाथ ‘हेभी ट्राफिक’ पठाएर ‘जाम’ गराउने काम गरिन्छ । यस्तो काम व्यक्तिगत तवरमा पनि भएको हुन सक्छ । अर्गनाइज्ड या स्टेट लेभलबाट पनि यस्तो प्रयास भएको हुन सक्छ ।

हाम्रो साइबर सुरक्षामा कमजोरी भएको हो कि ह्याकरहरू बढी बलिया ?
साइबर सुरक्षा व्यवस्था जतिसुकै बलियो भए पनि वेला–वेलामा यस्तो समस्या आउन सक्छ । हाम्रो क्षमताले नभ्याउने गरी ट्राफिक पठाएर ‘ओभर फ्लो’ गराउन खासै समस्या हुँदैन । त्यसैले, यो साइबर आक्रमण हाम्रो कमजोरीका कारण भएको भन्न मिल्दैन ।

भविष्यमा यस्तो आक्रमण नहोस् भनेर साइबर सुरक्षालाई चुस्त दुरुस्त बनाउन के गर्नुपर्छ ?
यसका लागि सरकारी, कर्पोरेट, ससाना व्यापारिक समूह र व्यक्तिगत तहबाट सबैले आ–आफ्नो क्षमताअनुसारको साइबर सुरक्षा व्यवस्था अपनाउनु जरुरी छ । एन्टिभाइरस, जेन्युइन सफ्टवेयर आदिको प्रयोग गरी सबैले ‘साइबर हाइजिन’ अपनाउनुपर्छ । २४सै घन्टा ‘मनिटरिङ’, ‘डिटेक्सन’ र ‘आइडेन्टिफिकेसन’मा ध्यान दिएर सुरक्षा स्थितिलाई बलियो बनाउन सकिन्छ । साइबर सुरक्षाका लागि प्रभावकारी नीति अवलम्बन गर्नुपर्छ ।