मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १५ आइतबार १५:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाको बैठक बस्दै, लामिछानेलाई पुनः सभापति बनाउने सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १५ आइतबार १५:२४:००

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक केहीबेरपछि बस्दै छ । रवि लामिछानेले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएसँगै रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो । 

आजको बैठकमा लामिछानेलाई पुनः पार्टी सभापतिको जिम्मेवारी दिइने  बताइएको छ । 

सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार अमेरिकाबाट फर्किएपछि नेपालको नागरिकता पुनः प्राप्तिका लागि प्रक्रियामा नगएकाले लामिछाने नागरिकताविहीन भएको आदेश दिएसँगै उनको सभापति पद खारेज भएको थियो । 

आजको बैठकमा पछिल्लो परिवर्तित अवस्थाबारे विस्तृतमा छलफल हुने पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।