१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७५ चैत २३ शनिबार १५:१४:००
Read Time : < 1 मिनेट
समाचार

त्रिपुरा सुन्दरी मन्दिरमा नवरात्रीको पुजा सुरु

Read Time : < 1 मिनेट
२०७५ चैत २३ शनिबार १५:१४:००

प्रशिद्ध शक्तिपिठ बाला त्रिपुरा सुन्दरी भगवतीको मन्दिरमा चैते दशैंको पहिलो दिन घटस्थापनाको रुपमा विशेष पुजाआजा गरिएको छ ।

त्रिपुरा सुन्दरी नगरपालिका १ टाँके डाँडोमा अवस्थित मन्दिरमा प्रत्येक वर्ष चैत्रशुक्ल प्रतिपदाको दिनदेखि रामनवमीको दिनसम्म नबदुर्गा देबीको विशेष पुजाआजा गर्ने गरिन्छ ।

शनिबार अर्थात आज चैत्र शुक्ल प्रतिपदाको दिनमा भक्तजनहरुले घरघरबाट जौँ तिल घिउलगायतका पुजासामाग्री लैजाने र जौकोे जमरा थापना गरेर रामनवमीको दिनमा पुजाआजा गर्ने गरेका छन् । 

नबरात्री अबधिभरहुने विशेष पुजाआजाकालागि जिल्ला भित्र र बाहिरबाट आउने भक्तजनहरुको मन्दिरमा घुइँचो लाग्ने गरेको छ ।भक्तजनहरुले नबरात्री अवधिभर मन्दिरमा पुजाआजा गर्ने राँगा, बोका, कुष्माण्ड, नरिवलको बलि चढाउने गरेका छन् । 

मन्दिरमा छिमेकी जिल्ला जुम्ला, रकुम जाजरकोट र नेपालगञ्ज लगायतका ठाउँबाट समेत दर्शनार्थीहरु मन्दिरमा पुजाआजा गर्न आउने गरेका छन् ।