Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १४ शनिबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फैसलाको विरोधमा लामिछाने पक्षधरको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १४ शनिबार १३:५८:००

रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको फैसलाको विरोधमा प्रदर्शन भएको छ। 

लामिछाने पक्षधर युवाहरूको एक समूहले आज काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

नियोजित ढंगले रवि लामिछानेलाई नागरिकता मुद्दामा फसाइएको आरोप लगाउँदै प्रदर्शनकारीले नाराबाजी गरेका थिए। 

नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित रवि लामिछानेको सांसद पद खारेज गरिदिएको थियो। 

फैसलासँगै लामिछानेले उपप्रधानमन्त्री एवं गृहमन्त्री, पार्टी संसदीय दलको नेता र पार्टी सभापतिसमेत गुमाएका छन्।