मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शिल्पा कर्ण काठमाडौं
२०७९ माघ १३ शुक्रबार १४:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जवाफी बहसमा वरिष्ठ अभिवक्ता भण्डारीले भने- लामिछानेले राज्यसंयन्त्रलाई ढाँट्ने र छल्ने काम गर्नुभयो

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७९ माघ १३ शुक्रबार १४:२८:००

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपालको राज्यसंयन्त्रलाई पटक–पटक ढाँट्ने र छल्ने काम गरेको बताएका छन् । 

लामिछानेको नागरितासम्बन्धी मुद्दामा संवैधानिक इजलासमा आजको जवाफी बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘रवि लामिछानेलेमा कानुन मिच्ने प्रवृत्ति देखिएको छ ।’ 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र अहिले उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका लामिछानेमा पहिलेदेखि नै कानुन मिच्ने प्रवृत्ति देखिएको दाबी गरे । 

‘उहाँले कतै पनि इमानदारी देखाउनुभएको छैन । अमेरिका अध्ययन गर्न गएको भन्नुभएको छ, फेरि अहिले अमेरिका गएर पढेको छैन भन्नुभएको छ,’ भण्डारीले भने, ‘पछि पारिवारिक भिसामा नेपालमा आएर उहाँले काम गर्नुभयो । त्यसमा विवाद भयो । पछि अमेरिकाको नागरिकता त्यागेको डकुमेन्ट निर्वाचन आयोगमा मात्रै पेस गरेको देखिन्छ । विदेशमा त्यागेको निस्सा तोकिएको अधिकारीलाई पेस गर्नुपर्नेमा अहिलेसम्म पेस गरेका छैन ।’
 
उनले अहिलेसम्म रविले नागरिकता त्यागेको राज्यलाई थाहा नभएको पनि जिकिर गरे । नागरिकतासम्बन्धी संशोधन ऐनले नागरिकता पुनः पाउन निस्सा दर्ता गरेर मात्रै निर्णय हुने व्यवस्था गरेको पनि उनले बताए । ‘मलाई कानुन लाग्दैन, प्रक्रिया लाग्दैन भन्नु ठीक होइन,’ उनले भने, ‘सिडिओ कार्यालयमा गएर नागरिकताको विषयमा सहीछाप गर्नुपर्छ । तर, उहाँ राज्यलाई अन्डरमाइन्ड गर्नुहुन्छ ।’

प्रत्येक नागरिकलाई कानुनले समान रूपमा हेर्ने भन्दै उनले लामिछानेलाई कानुनले विशेष छुट दिन नहुने तर्क गरे ।

‘रवि लामिछानेमा यो देशप्रति बफादारिता छैन । त्यो कुरा उहाँले विभिन्न समयमा राज्यलाई ढाँट्ने र छल्ने प्रक्रियामा देखिएको छ । आफू विदेशी नागरिक हुँदा पनि नेपाली पासपोर्ट लिनुभयो । हरेक कुरामा राज्यलाई छल्ने, गलत सूचना दिने गर्नुभएको छ । यस्तो किसिमको व्यक्तिको निष्ठा र आस्था छ भन्ने हुँदैन,’ उनले भने ।