मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शिल्पा कर्ण काठमाडौं
२०७९ माघ १३ शुक्रबार १३:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनुवाइ सकियो, न्यायाधीशहरू फैसलाको छलफलमा

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७९ माघ १३ शुक्रबार १३:२६:००

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

आज गृहमन्त्री लामिछानेका कानुन व्यवसायीहरूले बाँकी बहस गरेका थिए । त्यसपछि रिट निवेदकहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भइरहेको थियो । 

आज नै संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्नेबारे कुनै तय भएको छैन । मुद्दाको आदेशबारे न्यायाधीशहरू फैसलाको छलफलमा जुटेका छन् ।