मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १३ शुक्रबार १०:४१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जथाभावी डाइटिङ स्वास्थ्यका लागि घातक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १३ शुक्रबार १०:४१:००

आजभोलि तौल नियन्त्रणका लागि डाइटिङ गर्नेहरूको संख्या बढेको छ । धेरैजसो मानिसले उपवासका तीनवटा मोडालिटी अपनाइरहेको देखिन्छ । कसैले दिन बिराएर खान्छन् । कसैले दिनमा १६ घन्टा केही नखाने गरेको पाइन्छ ।

त्यस्तै, केही मानिस हप्तामा पाँच दिन खाने र दुई दिन उपवास बस्ने गरेको पाइन्छ । गर्भवती, स्तनपान गराइरहेका महिलालाई अझ बढी क्यालोरी चाहिन्छ । जथाभावी डाइटिङ गर्दा शरीरलाई आवश्यक पर्ने क्यालोरी प्राप्त हुन सक्दैन र विभिन्न समस्या देखा पर्छन् । 

यस्ता समस्या देखिन सक्छन् 
जथाभावी डाइटिङ गर्दा थकान महसुस हुने, निद्रा नलाग्ने, इरिटेसन हुने, कब्जियतको समस्या हुने, टाउको दुख्ने, काममा ध्यान नजाने, बेचैन हुने, कमजोरी हुने, वाकवाकी लाग्ने, बान्ता हुनेलगायत समस्या देखिन्छन् ।

यसले स्वास्थ्यमा दीर्घकालीन असर पनि गर्छ । जस्तो– कलेजोमा असर पुग्ने, डाइबिटिज हुने सम्भावना बढ्छ । त्यसैगरी, मनोवैज्ञानिक समस्या पनि हुन सक्छ । कसैलाई खान मन नलाग्ने, कुनै वेला धेरै खाने हुन सक्छ । 

कस्तो सावधानी अपनाउने ?
विशेषज्ञसँग परामर्श लिएर मात्र उपवास बस्नुपर्छ । कति खाने भन्नेमा ध्यान दिने गर्नुपर्छ । उपवास बस्ने व्यक्तिले नियमित रूपमा सुगर, प्रेसर, मुटु, कलेजोलगायतका स्वास्थ्य जाँच गर्नुपर्छ ।

१८ वर्ष नकटेका व्यक्तिले उपवास बस्नुहँुदैन । गर्भवती महिला, स्तनपान गराइरहेका महिलाले पनि उपवास बस्नुहुँदैन । उपवासका नाममा विभिन्न मोडालिटी आएका छन् । कतिपयले गुगल, युट्युबमा हेरेर पनि उपवास बस्ने गरेको पाइन्छ, जसले स्वास्थ्यमा उल्टै समस्या सिर्जना गर्न सक्छ ।

उपवास बस्न थालेपछि चिकित्सकको सल्लाहमा त्यसलाई नियमितता दिन पनि आवश्यक छ । छाड्नैपरे पनि चिकित्सकसँग परामर्श गर्नुपर्छ । मन लागेका वेला उपवास बस्ने र बीचमा छोड्दा झनै असर हुन्छ ।