मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
संजित परियार काठमाडौँ
२०७९ माघ १२ बिहीबार १२:३०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सरस्वती पूजा : ‘अक्षरारम्भ पर्व’ [फोटोफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौँ
२०७९ माघ १२ बिहीबार १२:३०:००

आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा, देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरिन्छ ।

वसन्त ऋतु सुरु भएसँगै यो पर्व आउने भएकाले वसन्तपञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ । आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास छ ।

आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भिड लाग्ने गरेको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ, मन्दिरमा पूजाआजा गर्न भक्तजन र विद्यार्थीको घुइँचो लागेको छ ।

स्वयम्भूनाथ र गैरीधारास्थित नीलसरस्वतीमा अक्षरारम्भका लागि बालबालिकासहित आफन्तजनको भिड छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन रहेको छ ।