मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १२ बिहीबार ११:२५:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १२ बिहीबार ११:२५:००

विवाह तथा विशेष समारोहका अवसरमा फूलले घर सिँगार्ने चलन छ । पछिल्लो समय घरको बैठक कोठामा, ढोकाको प्रवेशद्वारमा समेत फूल सजिन्छन् । विवाह उत्सवको हल, सभाकक्ष, भर्‍याङ, बैठक कोठा, डाइनिङ टेबलमा हाँगासहितको फुल (कट फ्लावर) सजिन थालेका छन् । 

कस्तो फूल प्रयोग हुन्छ ? 
कट फ्लावरमा विभिन्न किसिमका फूलको हाँगा र पातसहित प्रयोग गरिन्छ । रंगिचंगी फूलहरूको संयोजनले घरको कोठालाई आकर्षक बनाउन ठूलो भूमिका खेलेको हुन्छ । बजारमा  विभिन्न आकर्षक भाँडासहितका कट फ्लावर पाइन्छन् । 

मौसमअनुसारका फूल प्रयोग गरेर कट फ्लावरले घर सजाउन सक्नुहुन्छ । एकै रङका वा थरीथरीका फूलको प्रयोग गरेर रंगिचंगी बनाएर राख्न सक्नुहुन्छ । लामो समयसम्म टिक्ने फूल तथा बिरुवा प्रयोग गर्नुपर्छ । 

तामाको भाँडा वा सिसाको भाँडामा पानी भरेर त्यसमा गुलाफ, कार्नेसन, जर्बेरा, लिलीलगायतका फूल घरको कोठा, विवाह समारोह तथा विशेष सभाकक्षमा राख्न सकिन्छ । फूलले वातावरण मोहक र सुगन्धित बनाउने भएकाले घरको बैठक कोठा, प्रवेशद्वारमा कट फ्लावर राख्ने गरिन्छ । 

ताजा कसरी राख्ने ?
फूलको हाँगा काटिसकेपछि सुक्नु वा ओइलाउनु स्वाभाविक हो । तर, काटिएको भाग पानीमा डुब्ने गरी राख्दा केही दिनसम्म ताजा रहन्छ । कट फ्लावरलाई सूर्यको प्रकाश प्रत्यक्ष रूपमा देखिने ठाउँमा राख्नुहुँदैन । यस्तो हुँदा चाँडै ओइलाउँछ ।