मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत २२ शुक्रबार १८:०९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

काठमाडाैं उपत्यकामा घोडेजात्रा पर्व सम्पन्न (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७५ चैत २२ शुक्रबार १८:०९:००

हरेक वर्ष चैत कृष्ण औसीका दिन काठमाडाैं उपत्यकामा घोडेजात्रा पर्व मनाउने प्रचलन जस्तै यस वर्ष पनि जात्रा सम्पन्न भएकाे छ । सेनाले घोडेजात्राका अवसरमा काठमाडाैंको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम अायाेजना गरेकाे थियाे । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एंव रक्षामन्त्री ईश्वर पोख्रेललगायत उपस्थिति रहेकाे थियो ।

त्यसैगरी मन्त्रीहरु, नेपाली सेनाका प्रमुख प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु, उपच्च पदस्थ कर्मचारी, निजामति सेवाका कर्मचारीलगायतको उपस्थिति थियो । घोडेजात्राको उपलक्ष्यमा आयोजित विशेष समारोहमा सेनाका घोडसवारहरुले अश्वकला, युद्धकला जस्ता कला प्रस्तुत गरेका थिए । 

कार्यक्रममा राष्ट्रपति भण्डारीले विभिन्न प्रतियोगितामा उत्कृष्ठ घोडसवारहरुलाई पुरस्कार हस्तान्तरण गरेकी थिइन् ।