Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ माघ ११ बुधबार ११:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१३ माघदेखि नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

Read Time : < 1 मिनेट
२०७९ माघ ११ बुधबार ११:१२:००

नेपाल उड इन्भटर नेसनल एक्स्पो तथा नेपाल इन्टरनेसनल फर्निचर एन्ड होम डेकोर एक्स्पो १३ माघदेखि हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले संयुक्त रूपमा भृकुटीमण्डपमा आयोजना गर्ने एक्स्पोमा विभिन्न देशका सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डहरूको सहभागिता हुनेछ ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सबडिलर र विक्रेताहरूले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन प्रदर्शनी सात वर्षदेखि कोसेढुंगा साबित हुँदै आएको छ ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने आयोजकको भनाइ छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर्स तथा इन्टेरियर डिजाइनरहरूको सहभागिता रहनेछ । यस प्रदर्शनीले नेपालको काठ तथा फर्निचर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने आयोजकले जनाएको छ ।