१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ११ बुधबार ०६:१६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सरकारी बैंकलाई मर्जरमा जान गभर्नरको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ११ बुधबार ०६:१६:००

सरकारी स्वामित्वका तीन वाणिज्य बैंकलाई मर्जरमा जान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुझाएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले निजी क्षेत्रका बैंकहरूको मर्जरले लिएको गतिले बैंकहरूको आकार बढिरहेको अवस्थामा तीनवटा सरकारी बैंक मर्जरका लागि आपसमा कुरा गर्न सकिने बताए । 

गभर्नर अधिकारीले राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासका लागि हुने र अग्रणी रूपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यान्वयन गर्ने गरेको बताए । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताए । उनले बैंकले नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताए । उनले संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त र शून्य सहनशीलता नीति अपनाउनुपर्ने बताए ।

अर्थमन्त्री पौडेलले कार्यक्रममा परिष्कृत गरिएको मोबाइल बैंकिङको आरबिबी डिजिटल संसार एप्सको शुभारम्भ गरे । बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा प्रकाशन गरिएको विशेषांक स्मारिका उपहार– २०७९ विमोचन गरेका थिए । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ट शाखा कार्यालय, सर्वोत्कृष्ट–उत्कृष्ट बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले सरकारले लिएका अर्थतन्त्र सबलीकरणसम्बन्धी नीतिहरूको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायहरूको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याउने बताए । बैंकिङ सेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैंकलाई आगामी दिनमा अगाडि बढाउने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाबारे जानकारी गराए । उनले पुस मसान्तसम्म बैंकले दुई खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिए ।