मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २२ शुक्रबार १७:२५:००
Read Time : < 1 मिनेट
विश्व

दक्षिण कोरियामा आगलागीबाट एक जनाकाे मृत्यु हुँदा राष्ट्रिय प्रकोप घोषणा, हेलिकोप्टरद्वारा डढेलो नियन्त्रण जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २२ शुक्रबार १७:२५:००

दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुका साथै ११ जना घाइते भएपछि राष्ट्रिय प्रकोप घोषणा गरेकाे हाे ।

राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट  स्थानीय समयानुसार बिहीबार राति आगलागी सुरु भएको थियो । प्रकोपका कारण एक जनाकाे मृत्यु भएकाे र ११ जना घाइते भएका समाचारमा जनाइएकाे छ । डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घरमा क्षति पुगेकाे छ ।

प्रकोपका कारण हजारौँ व्यक्ति विस्थापित भएका छन् । यस प्रकोपपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय व्यवथापन निकायसँग छलफल गरेका थिए । उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिनु भएको छ ।

कडा हावा र अँध्यारोका कारण अग्नीनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ । डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ । यस डढेलोको उद्वारकार्यको लागि अग्नीनियन्त्रक, सुरक्षाकर्मी, अन्य उद्वारकर्मीहरु गरी करिब १० हजार व्यक्ति परिचालन गरिएको छ । एजेन्सी