मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ १० मंगलबार ०९:१३:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ १० मंगलबार ०९:१३:००

गृह मन्त्रालयले विभूषण वितरणसम्बन्धी नयाँ कार्यविधि बनाउने भएछ । यसलाई कसरी हेर्नुभएको छ ? 
यो राम्रो प्रयास हो । विभूषण वितरणमा गल्ती, कमजोरी भएका छन् भने सुधार्ने कोसिस हुन सक्छ । पहिलेको कार्यविधिलाई समय सापेक्ष बनाउन संशोधन गरिनु अन्यथा होइन ।  

सरकारले गर्ने विभूषण वितरण हरेक वर्ष किन विवादमा पर्छ ?
गोजीका मान्छेहरूलाई दिएपछि यस्तै हुन्छ । कतिपय राम्रा र योग्य पात्रले पनि पाउनुभएको हुन्छ । त्यसबाहेक अधिकांश चाहिँ गलतले नै पाइरहेका हुन्छन् । फेरि हामीकहाँ पदक पाउनेको सूची अत्यधिक लामो हुन्छ । प्रत्येक वर्ष विभिन्न क्षेत्रबाट छानिएका बढीमा २५ जनालाई विभूषण वितरण गर्ने हो भने त्यसको महत्व पनि बढ्छ र विवाद पनि कम हुन्छ ।

सार्वजनिक जीवनमा महत्वपूर्ण योगदान दिने पात्रले पाउने भनिएको पदक वितरण पारदर्शी छैन । पाउनुपर्नेले पाइरहेको हुँदैन । पाउनेले किन पायो, त्यो पनि प्रस्ट हुँदैन । वितरणको क्राइटेरिया पनि प्रस्ट छैन । सरकारमा जुन जुन पार्टीको सहभागिता हुन्छ, उनैका मान्छेले मात्र पदक पाउने अवस्था आउन्जेल विवाद यथावत् रहन्छ । 

विभूषण वितरणलाई स्वच्छ, पारदर्शी र अधिक  स्वीकार्य बनाउन के गर्नुपर्ला ?
प्रस्ट मापदण्ड बनाउनुपर्छ । निश्चित क्राइटेरिया र क्षेत्र तोकेर विभूषण पाउनुपर्ने पात्रको सिफारिसका लागि सार्वजनिक आह्वान गरिनुपर्छ । साथै, सिफारिस गर्नेले पनि कारणसहित सिफारिस गर्नुपर्छ । विभूषण पाउनेको सूची सार्वजनिक गर्दा प्रस्ट कारण खुलाउनुपर्छ ।