१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ १० मंगलबार ०७:१२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सशस्त्र प्रहरीको ‘डिजिटल बोर्डर’को अवधारणा

Read Time : < 1 मिनेट
२०७९ माघ १० मंगलबार ०७:१२:००

सशस्त्र प्रहरी बलले सीमा सुरक्षालाई प्रभावकारी बनाउन ‘डिजिटल बोर्डर’को अवधारणा अघि सारेको छ । जनशक्तिसँगसँगै प्रविधिको प्रयोग बढाएर सीमा सुरक्षा र निगरानी गर्न लागिएको अर्धसैन्य सुरक्षा बलले जनाएको छ । खुला सीमाको निगरानीका लागि सशस्त्र प्रहरीले प्रमुख सीमानाकामा अत्याधुनिक सिसिक्यामेरा तथा डिजिटल वालको प्रयोग गर्ने प्रस्ताव अघि बढाएको छ ।

२२औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सोमबार यससम्बन्धी जानकारी गराइयो । डिजिटल बोर्डरको अवधारणासम्बन्धी प्रस्ताव सरकारलाई अघि बढाइसकिएको सशस्त्र प्रहरीले जनाएको छ । सीमा सुरक्षालाई प्रभावकारी बनाउन उसले ‘बोर्डर एरिया डेभलपमेन्ट प्रोग्राम’ पनि सञ्चालनको प्रस्ताव गरेको छ । सीमा सुरक्षालाई बलियो बनाउने सीमाक्षेत्रमा विकास निर्माणका काम गर्नुपर्ने र सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीमार्फत यस्तो कार्यक्रम चलाउँदा प्रभावकारी हुने उसको निष्कर्ष छ । अन्य देशमा पनि सुरक्षाकर्मीमार्फत यस्ता कार्यक्रम सञ्चालन हुन्छ ।  

संस्थागत सुधारका लागि सशस्त्र प्रहरीले ‘बर्ड’ अवधारणअनुरूप कार्यनीति तय गरेको छ । जसमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, भिड नियन्त्रण र दैवीप्रकोप नियन्त्रणसम्बन्धी विषयलाई प्राथमिकतामा राखेको छ । सशस्त्र प्रहरीले यही वर्षदेखि ‘आइजी एपिएफ कमेन्डेसन’ पुरस्कार दिन थालेको छ । गृह मन्त्रालयबाट स्वीकृत कार्यविधिअनुसार यस्तो सम्मान दिन थालिएको हो । स्थापना दिवसको अवसरमा संस्थागत महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ, अर्का पूर्वआइजिपी स्वर्गीय सहवीर थापासहित ३१ जनालाई प्रदान गरिएको छ ।