१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ ९ सोमबार १७:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ ९ सोमबार १७:१०:००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन्।

रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रूपमा चयन गरेको सो पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए।

संसदीय दलको उपनेतामा चयन भएका श्रेष्ठ काठमाडौं क्षेत्र नं ८ बाट प्रत्यक्ष निर्वाचित र प्रमुख सचेतकमा चयन भएका परियार समानुपातिक सांसद हुन्।

रास्वपा संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसकेका छन्। पार्टीबाट हाल प्रतिनिधिसभामा बिसजना सदस्य छन्।