मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका म्याग्दी
२०७९ माघ ९ सोमबार १७:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिप दुर्घटनामा एकको मृत्यु, सात घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, म्याग्दी
२०७९ माघ ९ सोमबार १७:०१:००

म्याग्दीको मंगला गाउँपालिका-२ काफलगौरमा आज दिउँसो भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ। थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप दुर्घटना हुँदा सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

प्रहरी निरीक्षक राजन ढकालले मंगला-१ की ६० वर्षीया फौमाया गर्बुजाको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको जानकारी दिए। उनका अनुसार घाइते मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ। 

मंगला(१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला-२ की २२ वर्षीया विपना कार्की, मंगला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ। 

ओरालो सडकमा जिप पल्टिएर दुर्घटना भएको थियो। जिपचालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताए।