१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ९ सोमबार १५:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘निगमको जहाज मात्रै सधैँ घाटामा गइरहने कारण के हो ?’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ९ सोमबार १५:२१:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अन्य जहाजहरू नाफामा जाने निगमको जहाजमा सधैँ घाटा भइरहने कारण खोजी गर्न निगमका पदाधिकारीलाई निर्देशन दिएका छन्। 

सोमबार स्वागत कार्यक्रममा नेपाल वायुसेवा निगमका पदाधिकारीलाई मन्त्री किराँती यस्तो निर्देशन दिएका हुन्। साथै उनले कुन जहाज, कति बजे, कहाँ डिले भयो भन्ने सम्मको हरेक दिनको रिपोर्ट मन्त्रालयमा पेस गर्न निगमलाई निर्देशन दिएका छन्। 

उनले निगमको समस्या समाधान हुने गरी बिजनेस प्लान तत्काल बनाएर आफूसमक्ष पेस गर्न पनि निगम पदाधिकारीलाई सचेत गराए। उनले नेपाल वायुसेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाइ गर्न नहुने बताए। 

‘अब हामीलाई बिजनेस प्लान चाहियो । प्रत्येक दिन यहाँको रिपाेर्ट हामीलाई मन्त्रालयका चाहिन्छ । कुन जहाज, कहाँ, कति मिनेट, कति घन्टा डिले भयो ? किन भयो ? कुन जहाज कहाँ, कहिले, कसरी, त्यसको चक्का हरायो, मुसाले तार काट्यो ? त्यो रिपोर्ट हामीलाई चाहिन्छ।’ 

मन्त्री किराँतीले अन्य जहाजहरू नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्नेसमेत बताए। 

उनले एक महिनाभित्र अनलाइन टिकटको व्यवस्था गर्ने पनि निर्देशन दिए। उनले भने, ‘यतीले सक्छ, सीताले सक्छ, बुद्ध एयरले सक्छ । यसले किन सक्दैन । सकिँदैन भने राजीनामा दिएर गए हुन्छ ?’