१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ ९ सोमबार १०:१२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यस्ता हेयर स्टाइलले देखाउँछ महिलालाई आकर्षक

Read Time : < 1 मिनेट
२०७९ माघ ९ सोमबार १०:१२:००

हेयर स्टाइलले हामीलाई परफेक्ट लुक्स दिन्छ । तपाई हेयर स्टाइलमा बदलाव ल्याएर आफ्नो लुक्समा पनि बदलाव ल्याउन सक्नुहुन्छ । हेयर स्टाइल आकर्षक बनाउँदा व्यक्तित्वमा निखार आउँछ र आत्मविश्वास पनि बढ्छ । आजकल विभिन्न डिजाईनका हेयर स्टाइल बजारमा चलेका छन् । अनुहारको सेप र आफूले लगाउने पहिरनलाई ध्यानमा राखेर सुहाउँदो हेयर स्टाइल बनाउँदा आकर्षक देखिन्छ । 

विवाहित महिला हुनुहुन्छ, साडी लगाउँदै हुनुहुन्छ भने आफ्नो कपाललाई सर्लक्क कोरेर, पछाडि लगेर लो फन्स बन गरेर बनाउनुभयो भने राम्रो देखिन्छ । कुर्ता लगाउँदै हुनुहुन्छ, अविवाहित हुनुहुन्छ भने कपाललाई स्ट्रेट बनाएर आइरन गरेर छोड्न पनि सकिन्छ । सिउँदो कताबाट फर्काउने भन्ने पनि ध्यान दिनुपर्छ । अगाडि कपाललाई बफ गर्दा पनि राम्रो देखिन्छ । मेकअप कस्तो गरिएको छ, कस्तो कपडा लगाउँदै हुनुहुन्छ, त्यसले पनि फरक पार्छ । 

ध्यान दिनुपर्ने कुरा :  सुरुमा कपाल नुहाएपछि हिट प्रोटेक्टरको प्रयोग गर्नुपर्छ । अनि आइरन प्रयोग गर्नुपर्छ । आइरनको प्रयोग गर्दा कपाल डढ्ने, जल्ने समस्या पनि हुन सक्छ । यसतर्फ ध्यान दिनुपर्छ । आइरन गरेको छ वा हेयर कलर गरेको छ भने हेयर सेटिङ स्प्रे प्रयोग गर्न सकिन्छ । हेयरलाई ट्रिट गर्दा ट्रिटमेन क्रिम लगाएर एकछिन राखेर धुँदा राम्रो हुन्छ । यस्तो गरे कपाल ड्यामेज हुने, कपालमा समस्या आउने कम हुन्छ ।