मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ माघ ९ सोमबार ०८:३२:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ माघ ९ सोमबार ०८:३२:००

तथ्यांकले डिजिटल ठगी व्यापक बढेको देखाएको छ । यसको कारण के हो ? 
प्रविधिको बढ्दो प्रयोगसँगै हामीले चिन्दैनचिनेको मान्छेलाई छिट्टै विश्वास गर्न थालेका छौँ । कसैका बनाबटी कुरालाई सजिलै पत्याउँछौँ । कसैको सामाजिक सञ्जालको प्रोफाइल हेरेकै भरमा उसलाई सर्वस्व दिन तयार हुन्छौँ । अनावश्यक लोभलालचमा फस्छौँ । अनि हामीलाई नठगेर कसलाई ठग्छन् त अपराधीहरूले ? फेरि बसीबसी खातामा खुरुखुरु पैसा पठाउन तयार हामीजस्ता हुस्सुहरू भेटिने भएपछि ठगहरूको संख्या बढ्नु पनि अनौठो होइन । 

यस्तो ठगीबाट सर्वसाधारणलाई जोगाउन के गर्दै हुनुहुन्छ ?
हामीले यसबारे सर्वसाधारणलाई सचेत गराउँदै आएका छौँ । हामी यो विषय लिएर स्थानीय तहसम्मै पुगिरहेका छौँ । हामी विद्यालय तथा कलेजहरूमा पनि पुगेका छौँ । यससम्बन्धी सचेतनामूलक कार्यक्रम सामाजिक सञ्जालमार्फत पनि प्रचार गरिरहेका छौँ । तर, यसबारे सर्वसाधारणमा हुनुपर्नेजति चासो देखिन्न । हामीले सुनाएका राम्रा कुरालाईभन्दा सर्वसाधारणले ठगहरूका गुलिया कुरामाथि विश्वास गरिरहनुभएको छ । यसैकारण डिजिटल ठगीमा कमी आउनुको साटो यो बढिरहेको छ । 

यस्तो ठगीबाट जोगिन  सर्वसाधारणले के गर्नुपर्छ ?
सबैभन्दा पहिले नचिनेको मान्छेमाथि विश्वास गर्नुहुँदैन । आफूले प्रयोग गर्ने डिजिटल सामग्रीको सही र सुरक्षित प्रयोगबारे अत्यन्त सचेत हुनुपर्छ । अनावश्यक लोभलालचमा फस्नु हुँदैन । यति मात्र गर्न सके पनि हामी यस्ता अपराधबाट जोगिन सक्छौँ ।