मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ ८ आइतबार १०:१८:००
Read Time : > 1 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महामारीले खोसेको छैन रोजगारी

पछिल्ला केही मन्दीमा रोजगारी खाइदिने अटोमेसन आए, तिनले मानिसको काम खोसेर केही समय बेरोजगारसमेत बनाए

Read Time : > 1 मिनेट
२०७९ माघ ८ आइतबार १०:१८:००

सन् २०२० सुरु हुनै लाग्दा जब कोभिड–१९ को कहर सुरु भयो अर्थशास्त्रीहरूले अब श्रमबजारमा मानिसहरूको रोजगारी खाइदिने रोबोटहरूको छाल आउने र उच्चदरको संरचनात्मक बेरोजगारी निम्त्याउने चेतावनी दिए । त्यस्तै, सोही वर्षको शरदमा अमेरिकी कंग्रेसको एउटा बैठकमा एक प्रख्यात अर्थशास्त्रीले रोजगारदाताहरूले ‘कामदारलाई मेसिनद्वारा प्रतिस्थापन गरिरहेका छन्’ भनेर यो विषयलाई निकै जोडदार रूपमा उठाए । 

सन् २०२१ को सुरुताका आइएमएफले प्रकाशित गरेको एउटा अनुसन्धानले पनि यो चिन्ताको पुष्टि भइरहेको उल्लेख ग¥यो । कम्पनीहरूमाथि गरिएका सर्वेक्षणले पनि उनीहरू कृत्रिम बौद्धिकता (एआई) र मेसिन लर्निङमा लगानीका ठूला योजनामा रहेको देखाएका थिए ।

अनुन्धानकर्तासँग चिन्तित हुने पर्याप्त कारण थिए । मन्दीले कम्पनीहरूको आयमा कमी ल्याइरहेको थियो, जबकि ज्याला खर्च ज्युँकात्युँ थियो, बरु केही अवस्थामा बढाएको थियो, जसका कारण कामदार महँगा भएका थिए । पछिल्ला केही मन्दीले रोजगारी खाइदिने स्वचालन (अटोमेसन) को छाल नै ल्याएका थिए । तिनले मानिसहरूको काम खोसेर कम्तीमा केही समयकै लागि भए पनि बेरोजगार बनाएका थिए । त्यसमा कोभिडबाट कामदारका लागि एउटा अर्काे खतरा थपियो– मानिसहरू बिरामी पर्छन् तर रोबोट बिरामी पर्दैन । विगतका महामारीले स्वचालित उपकरणको प्रयोगलाई तीव्र बनाएको अनुसन्धानले देखाएका छन् ।

महामारीले स्वचालनलाई तीव्र बनाउने र त्यसले ठूलो संख्यामा मानिसका काम खोस्ने प्रक्षेपण गरिए । तर, अहिले कामदारले काम नपाएको गुनासो गर्नुको सट्टा मालिकहरूले कामदार अभाव भएको गुनासो गर्न थालेका छन् । धनी देशहरूको क्लब ओइसिडीभर मन्दी नजिकिँदै जाँदासमेत असामान्य रूपमा पदहरू ठूलो संख्यामा पूर्ति हुन सकिरहेका छैनन् ।

तर, महामारीको दुई वर्षपछि मानिसको रोजगारी खाने स्वचालनको प्रमाण बिरलै पाउन सकिन्छ । कामदारले काम नपाएको गुनासो गर्नुको सट्टा मालिकहरूले चाहिँ कामदारहरू अभाव भएको गुनासो गर्न थालेका छन् । धनी देशहरूको क्लब ओइसिडीभर मन्दी नजिकिँदै जाँदा समेत असामान्य रूपमा पदहरू ठूलो संख्यामा पूर्ति हुन बाँकी छन् । धेरै देशमा सबैभन्दा कम पारिश्रमिकयुक्त र रोबोटले सजिलै खोस्ने ठानिएका कामको ज्याला तीव्र गतिले बढिरहेको छ । 

रोजगारी विनाशको भविष्यवाणी गर्नेहरूका भविष्यवाणीलाई अझ प्रत्यक्ष रूपले जाँच गर्न हामीले अमेरिका, अस्ट्रेलिया र बेलायतका पेसागत तथ्यांक खोतल्यौँ । फेडरल रिजर्भ बैंक अफ सेन्ट लुइसले विकास गरेको विधि सापट लिएर हामीले पेसाहरूलाई ‘रुटिन (नियमित)’ र ‘गैर–नियमित’ खेमामा विभाजन गर्‍यौँ । रुटिन–जबहरूमा दोहोरिने गतिविधि समावेश हुन्छन्, जसलाई मेसिन वा कम्प्युटरले सजिलैसँग बुझ्न सक्छ । यसो हुँदा यी खेमामा पर्ने कामहरू सिद्धान्ततः स्वचालनको बढी खतरामा हुन्छन् । 

समयक्रमसँगै विशेषगरी विगतका मन्दीहरूको दौरान नियमित प्रकृतिका रोजगारीमा गिरावट आएका देखिन्छन् । तर, यो महामारीको समयमा यस्तो गिरावटको दर वास्तवमै सुस्त रह्यो । महामारीअघिको दुई वर्षमा अस्ट्रेलियामा स्वचालनमा लैजान सकिने कामहरू कुलमा १.८ प्रतिशत बिन्दुले घटेको थियो । त्यसपछिका दुई वर्षमा भने त्यहाँ यस्ता काम ०.६ प्रतिशत बिन्दुले मात्रै घटेको देखिन्छ ।

हालैको कोडिङ परिवर्तनले विश्लेषणलाई झन्झटिलो बनाएको भए पनि हामी बेलायतमा पनि यस्तै प्रवृत्ति पाउँछौँ । अमेरिकामा आज तपाईंले महामारीपूर्वको प्रवृत्तिको आधारमा अपेक्षा गरिएभन्दा केही हदसम्म बढी नियमित प्रकृतिका काम पाउनु हुनेछ ।अर्थशास्त्रीहरू अहिले त्यस्ता सिद्धान्तमा काम गरिरहेका छन्, जसमा त्रुटिका सम्भावना कम हुन्छन् ।

 हुन सक्छ, नियमित भूमिकालाई स्वचालनमा लैजान विशेष रूपले कठिन हुन सक्छ । कतिपय अवस्थामा प्रविधिले कामदारको स्थितिलाई नोक्सान गर्नुको सट्टा वास्तवमा सुधार गरेको छ । अहिलेका लागि एउटा साधारण नियमलाई नै पर्याप्त मानौँ : ‘अर्कोपटक तपाईंले रोबोट र कामहरूको बारेमा डरलाग्दो भविष्यवाणी सुन्नुभयो भने दुईपटक सोच्नुहोला ।’ 
द इकोनोमिस्ट