मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ७ शनिबार १७:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभामुख र उपसभामुख चयनमा प्रधानमन्त्री फेल : प्रकाशरण महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ७ शनिबार १७:५७:००

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको बताएका छन्। संसदमा एमाले अध्यक्ष केपी ओलीले संसद् विघटनको कुरालाई प्रमुख रूपमा उठाइरहेको भन्दै उनले पुनः संविधानमाथि खतरा पैदा हुन सुरु भएको टिप्पणी गरेका हुन्।

शनिबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्तासमेत रहेका महतले यस्तो बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संविधानको रक्षा गर्ने मुद्दाका लागि कांग्रेसले समर्थन गरेको भन्दै उनले उपसभामुख र उपसभामुख चयनमा प्रधानमन्त्री फेल भएका बताए।

‘अहिलेको परिवेशमा संविधानमाथि खतराको घण्टी फेरि प्रकट भएको छ। ओलीले संसद् विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ। अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने कि नउभिने भन्ने हो। स्वार्थमा मुन्टो लुकाएर बस्नुभयो भने त परिणाम अर्को हुन्छ। त्यसैले, राष्ट्रपति÷उपराष्ट्रपतिको परीक्षणमा उत्तीर्ण हुने कि नहुने उहाँहरूकै हातमा छ,’ महतले भने।