मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १६:५८:००
Read Time : < 1 मिनेट
प्रदेश

अख्तियारको वार्षिक प्रतिवेदन : शिक्षा र संघीय मामिलामा सबैभन्दा बढी भ्रष्टाचार !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ९ सोमबार १६:५८:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । सोमबार आयोगले बुझाएको आर्थिक वर्ष ०७४/७५ को प्रतिवेदनअनुसार १३,०१३ र मातहत कार्यालयहरूमा ६,४७५ समेत गरी कुल १९,४८८ उजुरीहरू परेका थिए ।  

त्यस्तै, यस आवमा कुल १९,४८८ उजुरीमध्ये १२,४०० उजुरी फछ्यौट भएको छ । जसमध्ये ६,४५८ उजुरी प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको र २६२ उजुरी सुझावसहित तामेलीमा पठाइएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।  

यस आवमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी सबैभन्दा बढी परेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार शिक्षामा १८.३२, संघीय मामिलासँग सम्बन्धित १८.०२, भूमिसम्बन्धी ६.४८, वनसँग सम्बन्धित ४.४८ प्रतिशत उजुरी परेको छ । भने स्वास्थ्य सेवासँग सम्बन्धित ४.३७, गृह प्रशासनसम्बन्धी ४.१३, भौतिक पूर्वाधार तथा यातायाततर्फ २.८२, अर्थ मन्त्रालयतर्फ २.५९ र अन्य निकायरक्षेत्रसँग सम्बन्धित उजुरी ३८.८ प्रतिशत उजुरी रहेका छन् ।

यस आर्थिक वर्षमा आयोगबाट १९४ वटा मुद्दा विशेष अदालतमा दर्ता गर्ने निर्णय भएको छ । जसमध्ये घुस ९रिसवत० मा ९७, नक्कली शैक्षिक प्रमाण–पत्रतर्फ ६४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीतर्फ १३, गैरकानूनी लाभ हानितर्फ ८, राजस्व हिनामिनातर्फ ५, गैरकानूनी सम्पत्ति आर्जनतर्फ ४ र अन्य विषयहरूमा ३ वटा मुद्दा रहेका छन् ।  

आर्थिक वर्ष २०७४–७५ मा सेवाग्राहीहरूको घुससँग सम्बन्धित उजुरीका आधारमा गरिएका ९७ वटा रङ्गेहात पक्राउ परेका थिए । यसरी पक्राउ पर्नेमा सहसचिवदेखि सहायकस्तरका १५४ जना कर्मचारी रहेको आयोगको प्रतिवेदनमा भनिएको छ ।

आयोगले विशेष अदालतमा दायर गरेका मुद्दामध्ये यस आवमा १७४ वटा मुद्दाको फैसला भएको छ । फैसलाबाट ६७.८२ प्रतिशत मुद्दामा आयोगलाई सफलता मिलेको बताएको छ । आयोगबाट ६८ वटा फैसला सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रतिवेदनमा भनिएको छ ।