मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ५ बिहीबार १६:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपतिका लागि समर्थन जुटाउने प्रयासमा लाग्छाैँ : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ५ बिहीबार १६:३१:००

कांग्रेस सांसद प्रदीप पौडेलले कांग्रेस राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका छन्। 

बिहीबार प्रतिनिधिसभाबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले कांग्रेस राष्ट्रपति निर्वाचनका लागि समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताएका हुन्।

उनले अहिलेसम्म राष्ट्रपतिका लागि सहमति नभएकाले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए। उनले गठबन्धन कायम रहिरहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन मुस्किल भए पनि उम्मेदवारी दिएर समर्थन जुटाउने प्रयास जारी राख्ने बताए।
 
उनले भने, ‘गठबन्धन कायम रहिरहेको अवस्थामा कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन मुस्किल छ। त्यसकारण नयाँ शिराबाट हामीले जाने कुरा स्वाभाविक हो। निर्वाचनमा उम्मेदवार खडा गरेपछि जिताउन मतदाताहग मत माग्नु स्वाभाविक हो। हामीले प्रतिपक्षमा नै बसेर विश्वासको मत दिने भनेका हौँ।’  

प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्तिअनुसार कांग्रेसले विश्वासको मत दिएको पनि बताए।