मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ५ बिहीबार १६:२३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

डिएचआईको प्राविधिक साझेदारमा ताइवानको स्यान्डमार्टिन इन्टरनेसनल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ५ बिहीबार १६:२३:००

नेपाली बजारमा स्थापित डिजिटल होम इन्टरनेसनलको ब्रान्ड डिएचआईले ताइवानको प्रसिद्ध प्राविधिक कम्पनी स्यान्डमार्टिन इन्टरनेसनल होल्डिङ लिमिटेडलाई आफ्नो प्राविधिक साझेदार बनाएको छ ।

यस साझेदारीले डिएचआइका होम एप्लायन्स तथा होम इलेक्ट्रोनिक्सको उत्पादनहरूको गुणस्तर, डिजाइन र सेवामा वृद्धि गर्दै नयाँ विद्युतीय उपकरणहरू बजारमा ल्याउने डिएचआईका प्रमुख केशवकान्त पौडेलले बताए ।

सेटअप बक्सहरूको निर्माण र वितरणमा सफलता हात पारिसकेको डिएचआइको अबको लक्ष्य देशभरका ग्राहकहरूलाई आफ्ना होम एप्लायन्स र इलेक्ट्रोनिक उत्पादनहरूमार्फत उच्चस्तरीय सेवा र सुखद अनुभव प्रदान गर्ने रहेको कम्पनीले जनाएको छ ।

दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकास र बजारको माग पूर्ति गर्न सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ ।