मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ५ बिहीबार १६:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस नेता भण्डारी भन्छन्– अब राष्ट्रपतिलाई मिसन बनाएर गठबन्धन टुटाउने प्रयास गर्छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ५ बिहीबार १६:४५:००

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारूढ गठबन्धन टुटाउन राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन् ।

एमालेले माओवादीसहित आफूहरूको गठबन्धन टुटाएकाले कांग्रेसले पनि त्यस्तै प्रयास गर्नु स्वाभाविक भएको उनको तर्क छ । सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।

सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारूढ गठबन्धन टुटाउने प्रयास सफल नभएकाले अब राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने स्पष्ट पारे । सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भइरहने बताए ।

‘पहिला हामी माओवादीसहित चारवटा पार्टी गठबन्धनमा गयौँ । सरकार बनाउने वेलामा त्यो गठबन्धन टुट्यो । जसको गठबन्धन टुटेको छ, त्यसले अर्को गठबन्धन टुटाउन लागिरहन्छ नि । त्यो निरन्तर प्रक्रिया हो । यो राजनीतिमा आउने स्वाभाविक प्रक्रिया हो,’ उनले भने ।