
ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेका देवराज घिमिरे सभामुख पदका लागि सुयोग्य पात्र रहेका बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले सबै सांसदलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गरे । संसद्को निष्पक्षतामा घिमिरे योग्य पात्र रहेको उनले जिकिर छ ।
‘देवराज घिमिरे सादा जीवन व्यतीत गर्ने व्यक्तित्व हुनुहुन्छ । सभामुखजस्तो गरिमामय पदका लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भूमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ, उहाँलाई निर्वाचन गरियोस्,’ लिङ्देनले भने ।