Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ४ बुधबार १३:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाका अध्यक्षसँग चिनियाँ राजदूतको भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ४ बुधबार १३:३१:००

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी र बाढीपहिरोका कारण अवरोध भएको नेपाल र चीनको दोहोरो व्यापार सुचारु हुँदा केही सहज भएको बताएका छन् । 

नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङले आज गरेको शिष्टाचार भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् । 

‘हाल केरुङ–रसुवागढी सीमानाकामा दोहोरो व्यापार सञ्चालन हुनुले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको छ । हिल्सा–पुराङ नाकामा पनि एकातर्फी सञ्चालन भएको छ,’ भेटमा उनले भने, ‘यसले दुई देशबीचको व्यापार प्रवर्द्धन गर्न एवं सीमा क्षेत्रका बासिन्दाको जीवनयापनमा सहजता ल्याउन मद्दत पुगेको छ । अबका दिनमा हामीले तातोपानी–जाङमु द्विपक्षीय व्यापारको रूपमा र अन्य नाकाहरूबाट आयातको व्यवस्था गर्न आवश्यक छ ।’

चीनको २२औँ राजदूतका रूपमा नेपाल आएका छनले बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् । 

भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाकालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । 

‘दुई मुलुकले हाम्रो लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छन्,’ उनले भने, ‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ। हामी हाम्रो भूभागमा चीनका गहन चासोका विषयहरू तथा मामिलाविरुद्धमा कुनै पनि गतिविधि हुन नदिन कटिबद्ध छौँ ।’

अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको पनि बताए ।  साथै, उनले चीन र नेपालबीच उच्चस्तरीय भ्रमण र अन्य अवसरहरूमा भएका बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई), पारवहनलगायत सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।