मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ३ मंगलबार १६:०४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ३२ अंकले बढ्यो, पौने चार अर्बको कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ३ मंगलबार १६:०४:००

साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक झन्डै ३३ अंकले वृद्धि भएको छ । नेप्से ३२.७२ अंक बढेर दुई हजार १८२.११ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.८१, फ्लोट इन्डेक्स २.१० र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४५ अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका दुई सय ५० कम्पनीको एक करोड १८ लाख ८३ हजार कित्ता सेयर तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ । आज नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । गत बिहीबार करिब साढे ५ अर्बको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये मंगलबार बैंकिङ उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक बढेको छ । जसमा होटेल तथा पर्यटन उपसमूह ५.१२ प्रतिशत, जलविद्युत् उपसमूह ५.०४ प्रतिशत, वित्त उपसमूह साढे ३ प्रतिशत बढेको छ । तर, बैंक उपसमूहको परिसूचक भने ०.३२ प्रतिशत घटेको छ ।

मंगलबार नेप्से परिसूचकमा वृद्धि भएसँगै पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा ग्रिन भेन्चर्स, आदर्श लघुवित्त, पिपुल्स हाइड्रोपावर, बाराही हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर रहेका छन् । आज कारोबार रकमका आधारमा २३ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ ।