Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २ सोमबार ११:०२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्राइम, गुराँस र युनियन लाइफ मर्जरको अन्तिम सम्झौता

हिमालयन लाइफ इन्स्योरेन्स नामबाट एकीकृत कारोबार गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २ सोमबार ११:०२:००

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एक–आपसमा मर्ज गर्ने अन्तिम सम्झौता भएको छ । आइतबार काठमाडौंमा विशेष समारोहमा प्राइमका अध्यक्ष पीयूषराज अर्याल, गुराँसका अध्यक्ष विवेक दुगर र युनियन लाइफका अध्यक्ष सुलभ अग्रवालले अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

गत २९ वैशाखमा उक्त तीन कम्पनीबीच मर्जरको सैद्धान्तिक सहमति भएको थियो । त्यसको आठ महिनापछि विभिन्न २५ बुँदे सहमति गर्दै तीन कम्पनीबीच मर्जरको अन्तिम सम्झौता भएको हो । १:१:१ स्वाप रेसियोमा तीन जीवन बिमा कम्पनी मर्ज हुन लागेका हुन् । 

अन्तिम सम्झौताअनुसार मर्जपछि बन्ने नयाँ कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी हुनेछ । कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल र सिइओमा हालका युनियनका सिइओ मनोजलाल कर्ण हुनेछन् । गुराँस लाइफका सिइओ र प्राइम लाइफका कामु सिइओ डेपुटी सिइओका रूपमा हुनेछन् । कम्पनीको केन्द्रीय कार्यालय हालको प्राइम लाइफको केन्द्रीय कार्यालय रहेको स्थानमा हुनेछ । अब आवश्यक तयारी पूरा गरेर छिट्टै एकीकृत कारोबार गर्ने बताइएको छ । तीनवटै कम्पनीले एकीकृत कारोबारका लागि विशेष साधारणसभाबाट प्रस्ताव पारित गर्नुपर्नेछ । 

विशेष गरी बिमा प्राधिकरणले कम्पनीहरूको चुक्ता पुँजी बढाउने नीति ल्याएर मर्जरमा जान दबाब दिएको थियो । त्यसपछि बिमा कम्पनीहरू मर्जरमा जान थालेका छन् । नयाँ व्यवस्थाअनुसार आगामी चैत मसान्तभित्र जीवन बिमा कम्पनीले न्यूनतम पाँच अर्ब र निर्जीवन बिमा कम्पनीले न्यूनतम दुई अर्ब ५० करोड चुक्ता पुँजी कायम गर्नुपर्नेछ । मर्जपछि कम्पनीको चुक्ता पुँजी सात अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ । नेपालको जीवन बिमा क्षेत्रमा यो ठूलो मर्जर पनि हो ।