१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ माघ २ सोमबार ०८:५५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएसबिसी बक्सिङ च्याम्पियनसिपमा सहभागी हुँदै नेपाली टोली

Read Time : < 1 मिनेट
२०७९ माघ २ सोमबार ०८:५५:००

नेपाली बक्सिङ टोलीले थाइल्यान्डको बैंककमा हुने एएसबिसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा ६ खेलाडीसहित १२ सदस्यीय नेपाली बक्सिङ टोली सोमबार बैंकक प्रस्थान गर्दै छ । १६ देखि २७ जनवरीसम्म हुने प्रतियोगितामा समान तीन पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय बाटाले प्रतिस्पर्धा गर्नेछन् ।

महिला ४५–४८ केजीमा सुष्मा तामाङ, ५४–५७ केजीमा हेमा राई र ७०–७५ केजीमा त्रिशा जवेगुले खेल्नेछन् । सुष्माको चौथो तथा इन्द्रको तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । अन्य खेलाडीको यो पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रशिक्षकमा दीपक महर्जन र सन्दीप श्रेष्ठ रहेका छन् ।

प्रतियोगिताका दौरान इन्टरनेसनल टेक्निकल अफिसर कोर्समा सहभागी हुन पुष्करराज पन्त तथा आइबा २ स्टार रेफ्री जज कोर्सका लागि रामचन्द्र थापामगर र धनकुमार मैनाली पनि टोलीसँगै बैंकक जानेछन् । प्रतियोगितामा ३० देशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आइतबार नेपाली टोलीको बिदाइ गरेका छन् ।